जोङ्गमा म्यानचेस्टर सिटीको नजर

काठमाडौं । म्यानचेस्टर सिटी नयाँ मिडफिल्डरको खोजीमा छ । कप्तान इन्के गुन्डोगोन बार्सिलोना गएपछि सिटी नयाँ मिडफिल्डरको खोजीमा छ । प्रशिक्षक पेप ग्वार्डिओलाले कप्तान गुन्डोगोनको विल्कपको रुपमा बार्सिलोनाका खेलाडी फ्रेन्कि डी जोङ्गमाथि नजर लगाएका छन् ।

सिटीले वेस्ट ह्यामका डेक्लान राइसलाई अनुबन्ध गर्न चाहेको थियो । राइसको महङ्गो मुल्यका कारण सिटी पछि हट्यो । राइस लण्डन क्लब आर्सनल जाने पक्का भएको छ । सोही कारण सिटीले नयाँ मिडिफल्डरको खोजीलाई तिव्र बनाएको थियो ।

डी जोङ्गलाई यसअघि म्यानचेस्टर युनाईटेडले समेत अनुबन्ध गर्न चाहेको थियो । गत वर्षको समर ट्रान्सफर युनाईटेड जोङ्गकै पछाडी दौडिएको थियो । तर युनाईटेडको सो प्रयास सफल हुन भने सकेन ।

सिटी २६ वर्षिय खेलाडीलाई प्रिमियर लिगमा फर्काउन सक्नेमा विश्वस्त देखिएको थियो । इङ्लिस मिडिया सनका अनुसार ग्वार्डिओला यस विषयमा विचार गरिरहेका छन् ।

जोङ्ग भने बार्सिलोनामै करियर अघि बढाउन चाहेका छन् । जाभीको नेतृत्वमा ला लिगा जितेका जोङ्ग च्याम्पियन्स लिगमा समेत छनोट भएका छन् । खराब वित्तिय अवस्थाबाट गुज्रिरहेको बार्सिलोनाले आकर्षक प्रस्ताव आएको खण्डमा जोङ्गलाई बेच्न सक्ने ठानिएको छ । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर