भक्तपुरको गुण्डुमा स्कुटर दुर्घटना हुँदा त्वातीको मृत्यु

भक्तपुर  । सूर्यविनायक नगरपालिका–७ गुण्डु तिनधारेमा शनिबार राति स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

मृत्यु हुनेमा स्कुटर चालक सूर्यविनायक नगरपालिका–६ पाण्डुबजार बस्ने ४५ वर्षीय कृष्ण कुमार त्वाती रहेका छन् ।

गुण्डुबाट पाण्डुबजार तर्फ आउँदै गरेको बा ९३ प ५८८१ नम्बरको स्कुटर आफैं अनियन्त्रित भई दुर्घटना हुँदा गम्भीर घाइते भएका उनको डा. ईवामुरा मे. अस्पताल सल्लाघारीमा उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक बसन्त पाठकले जानकारी दिए ।

यस्तै, दुर्घटनामा उनकी छोरी १९ वर्षीया अनिता त्वाती सामान्य घाइते भएको र उनको उपचार पश्चात डिस्चार्ज भईसकेको प्रहरी नायब उपरीक्षक पाठकले बताए ।

घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भई रहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर