श्री एअरलाइन्सका सबै उडान स्थगित

काठमाडौं । श्री एअरलाइन्सका आइतबार सबै उडान स्थगित हुने भएका छन् । एअरलाइन्स प्रालिले पूर्वनिर्धारित सबै उडानहरू स्थगित गरेर विमान परीक्षण गर्ने जनाएको छ ।

एअरलाइन्सका कर्पोरेट प्रबन्धक अनिल मानन्धरले शनिबारर जारी गरेको प्रेस नोटअनुसार सबै उडान स्थगित गरी आइतबार दिनभर कम्पनीका सबै विमानको प्राविधिक परीक्षण गर्ने निर्णय भएको छ ।

सोमबारदेखि भने सबै उडान नियमित रूपमा सञ्चालन हुनेछन् । शनिबार काठमाडौंबाट धनगढीका लागि दिउँसो ३ः३० बजे उडेको विमानमा प्राविधिक समस्या आएको थियो । जसकारण धनगढी उडेको सो विमान पुनः काठमाडौं फर्केको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर