नारायणगढ–मुग्लिन सडक खण्ड अवरुद्ध अवस्थामा

काठमाडौं । नारायणगढ–मुग्लिन सडक खण्ड आइतबार बिहासम्म पनि सज्ञचालनमा आउन सकेको छैन । चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पुलमा गए राति पहिरो खसेको पहिरो हटाउने कार्य जारी रहेको इलाका प्रहरी कार्यालय मुग्लिनलेले जनाएको छ । पहिरोका कारण सडक दुईतर्फी नै अवरुद्ध अवस्थामा छ ।

पहिरोमा विद्युत्को तार रहेको र सो तार हटाएपछि पहिरो पन्छाउन सुरु गरिने इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक विशाल तामाङले बताए ।

गत बिहीबारदेखि पटक–पटक पहिरो खस्दा सडक अवरुद्ध हुँदै आएको छ । यो सडक हुँदै दैनिक औसतमा १० हजार सवारीसाधन आउजाउ गर्ने गर्दछन् । पटक–पटक सडक बन्द हुँदा पूर्व र पश्चिम हुँदै काठमाडौँ ओहोरदोहोर गर्ने यात्रु मर्कामा परेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर