नर्विचका युवा स्टार चेल्सीमा अनुबन्धित

काठमाडौं । चेल्सीले नर्विचका युवा खेलाडी एलेक्स माटोसलाई अनुबन्ध गरेको छ । लण्डन क्लबले सिजनको दोस्रो खेलाडीको रुपमा एलेक्सलाई अनुबन्ध गरेको हो ।

भिल्ला रियलका स्टार निकोलस ज्याक्सन अनुबन्ध गरेको २४ घण्टामा चेल्सीले दोस्रो खेलाडीलाई सार्वजनीक गरेको हो ।

१८ वर्षका माटोसलाई नर्विचले यू–१८ र यू–२१ को प्रतियोगितामा गत सिजन खेलाएको थियो । आक्रमक मिडफिल्डमा राम्रो देखिएका माटोसलाई चेल्सीले फ्रि–ट्रान्सफरमा अनुबन्ध गरेको हो ।

गत सिजन नर्विचको यू–२१ टिमबाट दोस्रो डिभिजन खेलेका माटोसले १३ खेलमा तीन गोलको अवसर सिर्जना गरेका थिए ।

उनी इङ्ल्याण्डको यू–१५ राष्ट्रिय टिममा समेत परेका थिए । त्यस समय उनलाई राम्रो भविष्य भएको फुटबलरको रुपमा प्रशंसा गरिएको थियो । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर