काठमाडौं उपत्यकामा कोरोनाका बिरामीको संख्या बढ्दै

काठमाडौं । काठमाडौं उपत्यकामा पनि कोरोनाका बिरामीको संख्या बिस्तारै उकालो लाग्दैछ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आइतबार उपत्यकामा मात्रै १३ जना कोरोना सङ्क्रमित संस्थागत आइसोलेसनमा रहेकामध्ये सात जना आइसियु र चार जना भेन्टिलेटरमा उपचाररत रहेका छन्।

 

पछिल्लो २४ घन्टामा देशभरका प्रयोगशालाबाट १२ सय १६ जनाको कोरोना परीक्षण गर्दा ५५ जनामा कोरोना पुष्टि भएको थियो। सोही समयमा ११ जना सङ्क्रमणमुक्त भएका छन्। २६ हजार ९ सय ७६ जनाले कोरोनाविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ।

 

मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले सङ्क्रमण बढिरहेकाले कोरोना नियन्त्रण गर्न सही तरिकाले मास्क लगाउन र बुस्टर डोज आग्रह गरेका छन् ।

केही दिनअघि गरिएको आनुवांशिक अध्ययनमा नेपालमा पहिलो पटक कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन एक्सबीबी १.१६ देखापरेको छ। मन्त्रालयले सङ्क्रमणको लक्षण देखिने बित्तिकै परीक्षण गराउन र आइसोलेसनमा बस्न अनुरोधसमेत गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर