पेट वरिपरि राता दाना आउनु गम्भीर समस्याको संकेत

काठमाडौं । शरीरमा रातो दाना आउने समस्या प्राय ब्याक्टेरिया तथा फंगल इन्फेक्शनका कारण हुने गर्दछ । तर पेटको भागमा आउने रातो दाना कैयौं गम्भीर स्वास्थ्य समस्याको कारण पनि हुन सक्छ ।

त्यसैले ती कारण कस्ता हुन् भनेर जान्न एकदमै जरुरी हुन्छ ।

ब्याक्टेरियल इन्फेक्शन

मौसममा परिवर्तन हुनाले ब्याक्टेरियल इन्फेक्शनको सम्भावना बढ्दछ । जसले गर्दा छालामा एलर्जी आउन सक्छ । छालामा एलर्जी हुने भएकाले पेटको भागमा रातो दाना निस्कन्छ थाल्छ जसबाट पोल्ने, चिलाउने जस्तो समस्या हुन्छ ।

डन्डीफोर

डन्डीफोरको कारणले पनि पेटको भागमा राता दाना आउन सक्छन् । मौसम परिवर्तनसँगै गर्मीमा पसिना आउने भएकाले पनि पेटको वरिपरि डन्डीफोर आउने गर्दछ । पहिले चिलाउने र पोल्ने तथा पछि गएर रातो दाना जस्तो देखिन्छ ।

कपडाको कारण

गर्मीमा धेरै टाइट कपडा लगाउँदा पसिना आउने गर्दछ । यस्तो अवस्थामा दैनिक स्नान नगर्दा पनि पेटको भागमा रातो दाना आउन थाल्छन् । त्यसैले गर्मी मौसममा पसिना आएको खण्डमा नुहाउनु एकदमै आवश्यक हुन्छ ।

चिकनपोक्सको कारण

चिकनपोक्सको समस्याले पनि पेटमा रातो दाना आउन सक्छन् । जसले गर्दा छाला पोल्ने तथा चिलाउने समस्या पनि बढ्न सक्छ । त्यसैले यस्तो समस्या दुई दिनभन्दा धेरै भयो भने छाला रोग विशेषज्ञलाई देखाउनु पर्दछ । जो औषधी लगाउँदा वा सेवन गरेर निको बनाउन सकिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर