ललितपुरको जिल्ला आयुर्वेदन स्वास्थ्य केन्द्रलाई १३ रोपनी जग्गा

काठमाडौं । सरकारले ललितपुरको जिल्ला आयुर्वेदन स्वास्थ्य केन्द्रलाई अस्पताल भवन निर्माणका लागि १३ रोपनीभन्दा बढी जग्गा उपलब्ध गराउने निर्णय गरेको छ। असार १२ गते बसेको मन्त्रिपरिषदको बैठकले ललितपुरको झरुवारासीको १३ रोपनी ६ आना जग्गा आयुर्वेद स्वास्थ्य केन्द्र ललितपुरलाई उपलब्ध गराउने निर्णय गरेको हो।

“ललितपुर जिल्ला साविक झरुवारासी गाविसको ९ रोपनी ५ आना सरकारी जग्गा र ४ रोपनी १ आना सार्वजनिक प्रकृतिको जग्गा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र ललितपुरलाई अस्पताल भवन निर्माणार्थ प्रयोग गर्न स्वीकृति दिने”,  मन्त्रिपरिषदको निर्णयमा भनिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर