आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपाल खड्का भ्रष्टाचार मुद्दामा दोषी करार

काठमाडौं । विशेष अदालतले नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपालबहादुर खड्कालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ। साथै अदालतले खड्कालाई १ वर्ष ३ महिना कैद र ९ करोड १९ लाख ६ हजार ६ सयबराबर बिगो र सोहीबराबर जरिवाना हुने फैसला पनि गरेको छ ।

विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, शालिकग्राम कोइराला र खुशीप्रसाद थारुको इजलासले यस्तो फैसला गरेको विशेष अदालतका प्रवक्ता दिपेन्द्रनाथ योगीले बताए। त्यस्तै अदालतले खड्काको नाममा रहेको घरजग्गा, बैंक मौज्दात, सेयर र अन्य सम्पत्ति जफत हुने फैसला पनि सुनाएको छ।

खड्काले १८ करोड ६६ लाख रुपैयाँबराबर अकुत सम्पत्ति आर्जन गरेको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७५ पुस २३ गते भ्रष्टाचार मुद्दा दायर गरेको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर