बिस्का जात्रा शान्तिपूर्ण र मर्यादितसँग मनाउन अपिल

काठमाडौं । भक्तपुर नगरपालिकाको आयोजनामा भोलिबाट सुरु हुने भक्तपुरको ऐतिहासिक एवं सांस्कृतिक बिस्का जात्रा शान्तिपूर्ण, मर्यादित र सुरक्षित ढंगले मनाउन आइतबार सद्भाव सभाको आयोजना गरिएको छ ।

सभामा नेपाल मजदुर किसान पार्टीका सचिव एवं सांसद प्रेम सुवालले जात्रा, पर्व, कला र संस्कृति मानव समाजको विकास सिलसिला हो र हाम्रा पुर्खाले सुरु गरेको जात्रा शान्तिपूर्ण रुपमा सम्पन्न गर्नु हामी सबैको कर्तव्य भएको बताए ।

कार्यक्रमका भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले बिस्का जात्रा भक्तपुरको गौरव बोकेको जात्रा भएको हुँदा जात्रालाई शान्तिपूर्ण र मर्यादित रुपमा मनाउन सबैलाई अपिल गरे ।

भक्तपुर नपा वडा नं। ५ का वडाध्यक्ष योगेन्द्रमान बिजुक्छेँले बिस्का जात्रा भक्तपुरबासीको मात्र नभई सारा नेपालीहरुको जात्रा भएको र देशविदेशमा यो जात्रा हेरिने हुँदा जात्रा सभ्य र भव्य रुपमा मनाउन अपिल गरेका थिए ।

भक्तपुर जिल्लाका प्रजिअ खगेन्द्रप्रसाद रिजालले बिस्का जात्रा सफलतापूर्वक सञ्चालनको लागि सबैको सक्रियतामा विभिन्न बैठक र कार्यक्रमहरु सञ्चालन गर्नुका साथै बिस्का जात्रा भक्तपुरबासी र नेपालकै पहिचान र गौरव बोकेको जात्राको रुपमा रहेको हुँदा यसलाई शान्तिपूर्ण बनाउन सबैले हातेमालो गर्नु आवश्यक रहेको बताए ।

जात्रामा हुने अवाञ्छित र उच्छृंखल गतिविधिमाथि सीसी क्यामेराबाट निगरानी भई आवश्यक कारबाहीसमेत हुने उनले जानकारी दिए । त्यस्तै गुठी संस्थान भक्तपुरका प्रमुख खीमा ओलीले जात्रा सफलताको कामना गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर