२ लाख ६५ हजार १० र बुक ताससहित श्रेष्ठ पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका-१० शंखमुल बस्ने सीता बस्नेतको घरमा जुवातास खेलिरहेको अवस्थामा नुवाकोट शिवपुरी गाउँपालिका-५ घर भई हाल काठमाडौँ धुमबराही बस्ने ३५ वर्षीय लक्ष्मण श्रेष्ठ समेत १० जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बस्नेतको घरमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त बानेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ६५ हजार १ सय २० रुपैयाँ र १० बुक ताससहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर