पहिरोले कान्ति लोकपथ पनि अवरुद्ध, अझै खुलेन नारायणघाट–मुग्लिन सडक

काठमाडौं । हेटौँडा हुँदै काठमाडौं आउने दुई वटा सडक अवरुद्ध भएको छ। हेटौँडा हुँदै काठमाडौं जोड्ने कान्ति लोकपथ पहिरोको कारण अवरुद्ध भएको छ।ललितपुरको भट्टेडाँडास्थित पहिरो खस्दा कान्तिलोकपथ अवरुद्ध भएको जिल्ला ट्राफिक कार्यालय मकवानपुरले जनाएको छ। सडक अवरुद्ध हुँदा काठमाडौंबाट हेटौंडा आउने र हेटौंडाबाट काठमाडौं जाने सवारीसाधनहरु बाटोमै रोकिएका छन्। सडक खण्डमा खसेको पहिरो पन्छाउने काम भइरहेको प्रहरीले जनाएको छ।

त्यस्तै, नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ तीन नम्बर पुलमा सुक्खा पहिरो खसेपछि बिहीबार दिउँसोदेखि सवारी आवागमन बन्द छ। इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार त्यहाँ सुक्खा पहिरो खसे क्रम जारी रहेकोले पन्छाउन सकिएको छैन। पहिरो झरेर पहाड बनेको र पन्छाउन ६र७ घन्टा लाग्ने प्रहरीको अनुमान छ। भीमफेदी कुलेखानी हुँदै काठमाडौं जाने सडक भने अवरोध नरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर