राइस अनुबन्ध गर्न आर्सनल सहमत

काठमाडौं । इंग्ल्यान्डका मिडफिल्डर डिक्लान राइस अनुबन्ध गर्न आर्सनल सहमत भएको छ ।

वेस्ट ह्यामका मिडफिल्डरलाई १०५ मिलियन पाउन्डमा अनुबन्ध गर्न आर्सनल सहमत भएको बीबीसीले जनाएको छ ।

२४ वर्षीय मिडफिल्डर अनुबन्धका लागि आर्सनलले तेस्रो पटक प्रस्ताव गरेको थियो । अघिल्ला दुई प्रस्ताव वेस्ट ह्यामले अस्विकार गरेको थियो ।

राइस अनुबन्धका लागि म्यानचेस्टर सिटीले समेत चाँसो देखाएको थियो । तर, सिटीले राइस अनुबन्धको दौडबाट हात झिकेको थियो ।

राइस २०१४ मा चेल्सीको एकेडेमीबाट वेस्ट ह्याम आएका थिए ।

वेस्ट ह्यामले हालै युरोपा कन्फरेन्स लिगको उपाधि जित्दा उनी टोलीका महत्वपूर्ण सदस्य थिए । जुन वेस्ट ह्यामले ४३ वर्षपछि उपाधि जितेको थियो ।

राइसले वेस्ट ह्यामका लागि २४५ खेलमा १५ गोल गरेका छन् । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर