हेलिकप्टर क्षतिग्रस्त, पाइलट र गाइड सुरक्षित

म्याग्दी । म्याग्दीको धौलागिरी हिमालको आधार शिविरमा हेलि एभरेष्टको हेलिकप्टर आकस्मिक अवतरण गरिएको छ । ‘हेलिकप्टर फोर्स ल्यान्डिङ’ गरिएको म्याग्दीका प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले बताए ।

फोर्स ल्यान्डिङको क्रममा उक्त हेकिप्टर क्षतिग्रस्त भएको छ । तर उक्त हेलिकप्टरका क्याप्टेन प्रिया अधिकारी र गाइड पासाङ भने सकुशल छन् । ‘सो उडानमा पाइलट र गाइड गरी दुई जना रहेको साथै उनीहरुलाई अर्को हेलिकप्टरले उद्धार गरी पोखरा लगिसकिएको छ र उहाँहरुको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ । आइतबार विहान ११ बजेर ११ मिनेटमा हेलिकप्टर सम्पर्कविहीन भएको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर