चेल्सीका माउन्ट युनाइटेड जाने पक्का

काठमाडौं । म्यानचेस्टर युनाईटेड चेल्सी मिडफिल्डर मासन माउन्ट अनुबन्ध गर्न सहमत भएको छ । युनाईटेडले ५५ मिलियन पाउण्डमा लण्डन क्लबका मिडफिल्डरलाई अनुबन्ध गर्न सहमत भएको हो ।

२४ वर्षिय माउन्ट समर ट्रान्सफरमा प्रशिक्षक इरिक टेन हागले अनुबन्ध गरेका पहिलो खेलाडी हुन् । अर्को सिजन च्याम्पियन्स लिगमा छनोट भएपछि युनाईटेडले बलियो टिम निर्माण गर्ने संकेत गरेको छ ।

चेल्सीले गत सिजन ६ सय मिलियन पाउण्ड खेलाडी अनुबन्धमा खर्च गरेको थियो । जुन ३० अघि वित्तिय सन्तुलन मिलाउनुपर्ने बाध्यता लण्डन क्लबलाई छ ।

माउन्ट ६ वर्षको उमेरमा चेल्सी आएका थिए । चेल्सीले सुरुआतमा तीन वटा प्रस्तावलाई अस्विकार गरेको थियो । तर पछिल्लो हप्तामा भएका छलफलमा विषय सकारात्मक बनेको हो ।

चेल्सी माउन्टलाई गुमाउन चाहदैन थियो तर उनीसँग नयाँ सम्झौतामा सहमती बन्न सकेको थिएन । चेल्सीको माउन्टसँगको सम्झौता अर्को वर्ष सकिदै थियो ।

माउन्टले चेल्सीबाट १ सय ९५ खेलमा ३३ गोल गरेका छन् । उनले सन् २०१९ मा सिनियर टिमबाट डेब्यु गरेका थिए । चोटका कारण गत सिजन उनले खासै खेल्न पाएनन् । चेल्सी गत सिजन पछिल्लो २५ वर्षकै खराब नतिजा सहित १२ औं स्थानमा आएको थियो ।

युनाईटेडले तेस्रो स्थानमा रहदै लिगको अन्त्य गरेको थियो । टेन हागले फरवार्ड लाईनमा खेलाडी अनुबन्धलाई प्राथमिकतामा राखेका छन् । माउन्ट अनुबन्धन टेन हागको रणनीति अनुसार आक्रमक फुटबलमा प्रभावकारी देखिने युनाईटेडको विश्वास छ ।

माउन्टले सन् २०२१ को च्याम्पियन्स लिग चेल्सीबाट जितेका थिए । फाइनलमा सिटीलाई १–० ले पराजित गर्दै चेल्सीले सो उपाधि जितेको थियो । माउन्टले चेल्सीबाट फिफा क्लब विश्वकप र युइउफए सुपर कप समेत हात पारेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर