अझै खुल्न सकेन नारायणगढ–मुग्लिन सडक खण्ड

काठमाडौं । सुख्खा पहिरो खसेपछि बिहीबादेखि अवरुद्ध नारायणगढ–मुग्लिन सडक आज शुक्रबार बिहानसम्म पनि सुचारु हुन सकेको छैन । चितवनको इच्छाकामना गाउँपालिका–५ तीन नम्बर पुलमा सुक्खा पहिरो खसेपछि बिहीबार दिउँसोदेखि सडक बन्द भएको हो । प्रहरीले पहिरो खस्ने क्रम जारी रहेकाले काममा वाधा उत्पन्न भएको जनाएको छ ।

काठमाडौंबाट तिवनतर्फ गएका सवारीसाधन मुग्लिन र कुरिनटार क्षेत्रमा रोकिएका छन् भने नारायणगढबाट काठमाडौं, पोखरातर्फ जाँदै गरेका सवारीसाधन जलबिरे क्षेत्रमा रोकिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । वैकल्पिक राजमार्ग प्रयोग गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालयले अनुरोध गरेको छ । (तस्बिरः सांकेतिक)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर