सिंहदरबारभित्रको फोहोर आइतबारदेखि संकलन गर्न बन्द

काठमाडौं । मुलुकको प्रमुख सचिवालय तथा प्रशासकीय स्थल सिंहदरबारभित्रको फोहोर आइतबारदेखि संकलन गर्न बन्द भएको छ ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले शुक्रबार फोहोर नउठाउने सामाजिक सञ्जालमार्फत घोषणा गरेका थिए । महानगरपालिकोको ११ नं. वडामा पर्ने सिंहदरबारमा यसअघि ११ नं. वडाले फोहोर व्यवस्थापन गर्दै आएको थियो ।

११ नं. वडाध्यक्ष हीरालाल तण्डुकारले आइतबारदेखि सिंहदरबारभित्रको फोहोर संकलन गर्न बन्द गरिएको जानकारी दिए । यसैबीच फोहोर मैला व्यवस्थापन संघका महासचिव मित्रप्रसाद घिमिरेले काठमाडौंका मेयर बालेनले फोन गरेर सिंहदरबारको फोहोर नउठाउन निर्देशन दिएपछि फोहोर नउठाएको सञ्चारकर्मीहरूलाई बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर