चिनियाँ खर्बपति ज्याक मा काठमाडौंबाट पाकिस्तानतर्फ उडे

काठमाडौं । चिनियाँ खर्बपति ज्याक मा तीन दिनको नेपाल बसाइँ सकेर पाकिस्तानतिर लागेका छन्। ज्याक मा विश्वचर्चित व्यापारिक कम्पनी अलिबाबाका संस्थापक पनि हुन्।

उनी मंगलबार दिउँसो काठमाडौं आइपुगेका र तीन दिनको नेपाल बसाइँका क्रममा कालिमाटी तरकारी बजार, स्वयम्भू महाचैत्य र भक्तपुर दरबार स्क्वायर क्षेत्र घुम्न गएका थिए। उनले कुनै उच्च राजनीतिक भेटघाट नगरी पाकिस्तानतिर लागेका हुन्। उनी बंगलादेशको ढाकाबाट नेपाल आएका थिए। चितवनको मेघौली जाने कार्यक्रम भए पनि उनी तीन दिन काठमाडौंमै रहे।

विश्वचर्चित पत्रिका फोर्ब्सको आवरण कथा छापिने पहिलो चिनियाँ उद्यमी उनले केही व्यापारीहरुलाई भेटेको बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर