भैरहवामा थपियो पाँच तारे होटल

काठमाडौं । सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी प्रालिले रूपन्देहीको भैरहवामा पाँचतारे होटल खोलेको छ । साढे दुई अर्ब लगानीमा निर्माण गरिएको सिद्धार्थ विलासा होटल सञ्चालन आएको छ । रूपन्देहीमा यो तेस्रो पाँचतारे होटल हो ।

यसअघि पाँचतारे होटलको रूपमा टाईगर पार्टी प्यालेश र पवन इन्टरनेशनल सञ्चालनमा छन् । चार विघा क्षेत्रफलमा फैलिएको होटलमा डिलक्स, एक्जुकेटिभ स्विट, स्विट र प्रेसिडेन्ट स्विटगरी चार स्तरमा वर्गीकरण गरिएका ८५ वटा कोठा छन् । समूहका प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद न्यौपानेका अनुसार होटलमा लबी लाउन्ज, अल डे डाइनिङ, रुफ टफ रेस्टुरेन्ट तथा स्वीमिङ पुल, फिटनेस, स्पा, साउना, ज्याकुजीसहितको हेल्थ क्लब सेवा, गार्डेन, एउटा सानो र अर्को ठूलो सभा हल, तीन वटा कन्फरेन्स हल तथा क्यासिनो छ ।

न्यौपानेका अनुसार होटलको पूर्ण सञ्चालनपछि तीन सयजनाभन्दा बढीले रोजगारी पाउने छन् । दुई वर्षभित्र निर्माण सक्ने र एक अर्ब रूपैयाँ बढी लागत अनुमान गरिएकोमा थियो । कोरोना महामारी, निर्माण सामग्रीको मूल्यवृद्धि तथा पूर्वाधार पनि थपिँदै जाँदा लागत बढेको छ । भैरहवाको डिलक्स पाँचतारे होटल ग्रुपकै ‘ड्रिम प्रोजेक्ट’ का रूपमा रहेको उनको भनाइ छ ।

भैरहवाको पाँचतारे होटलमा समूहको आफ्नै लगानी छ । चार वटा होटल र रिसोर्ट थपिएपछि सिद्धार्थ समूहका होटल, रिसोर्ट र क्याफेको संख्या ३० पुग्नेछ । होटल मात्र १९ वटा हुने छन् । समूहले हस्पिटालिटी क्षेत्रको २५ वर्षे व्यावसायिक यात्रामा पाँचतारे होटल भने पहिलो पटक सञ्चालन गरेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर