समलिङ्गी विवाहले सामाजिक विकृति निम्त्याउँछ : थापा

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले समलिङ्गी विवाहले पारिवारिक झमेला एवं सामाजिक विकृति निम्त्याउने बताएका छन्।

सामाजिक सञ्जालमा बिहीवार बिहान स्टाटस’ लेखी अध्यक्ष थापाले समलिङ्गी विवाह दर्ताका सम्बन्धमा सर्वोच्च अदालतको फैसला त्रुटिपूर्ण रहेको बताएका हुन्।

‘समलिङ्गी विवाह प्राकृतिक नियम, सामाजिक मान्यता र संस्कारविपरीत छ’, उनले लेखेका छन्, ‘समलिङ्गी विवाहले वैधानिकता पाउने हो भने यसले पारिवारिक झमेला एवं सामाजिक विकृति सिर्जना गर्दछ। समलिङ्गी विवाह दर्ताको सम्बन्धमा सर्वोच्च अदालतको फैसला त्रुटिपूर्ण छ। समलिङ्गी विवाह प्राकृतिक नियम, सामाजिक मान्यता र संस्कार विपरीत छ। विवाह महिला र पुरुषबीचको पवित्र सम्बन्ध हो।समलिङ्गी विवाहले वैधानिकता पाउने हो भने यसले पारिवारिक झमेला एवं सामाजिक विकृति सिर्जना गर्दछ।”


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर