सूर्यविनायक घरेलु कृषि तथा पर्यटन मेला २०८० आयोजना हुँदै

भक्तपुर । सूर्यविनायक नगरपालिकाले सूर्यविनायक घरेलु कृषि तथा पर्यटन मेला २०८० आयोजना गर्ने भएको छ । भक्तपुरको आदर्शस्थित हरित कृषि थोक बजारमा भोलि शुक्रबार, शनिबार र आइतबार गरी तीनदिनसम्म उक्त मेला आयोजना हुन लागेको हो । नगरपालिकाको आयोजनामा घरेलु तथा साना उद्योग संघको संयोजन र भक्तपुर पर्यटन विकास समितिको प्रबद्र्धनमा राष्ट्रिय धान दिवसको अवसरमा सो मेला आयोजना गर्न लागेको हो ।

नगरपालिकाको आर्थिक विकासको रूपमा रहेको घरेलु तथा साना उद्योग, कृषि र पर्यटन क्षेत्रको प्रबद्र्वन गर्दै कृषिलाई पर्यटनसँग जोड्नका लागि मेला आयोजना गर्न लागिएको नगरपालिकाले जनाएको छ । मेला आयोजनाको औचित्य र महत्वसम्बन्धी प्रकाश पार्ने उद्देश्यले बिहीबार आयोजित पत्रकार सम्मेलनमा नगरपालिकाका प्रमुख वासुदेव थापाले उत्पादनलाई सिधै बजार र उपभोक्तासँग जोड्ने उद्देश्यले मेला आयोजना गरिएको बताए । मेलाबाट आधुनिक प्रविधि र अनलाइन मार्केटिङगमा उत्पादक र उपभोक्तासम्म पहुँच पु–याउने लक्ष्य लिइएको छ ।

मेलामा घरेलु उद्योगका परम्मपरागत तथा मौलिक उत्पादन र सीप उजागर गरिनेछ । त्यस्तै सूर्यविनायकमा लघु, घरेलु, साना उद्यमी एवं महिला उद्यमीहरुको उत्पादन, स्वदेशी औद्योगिक वस्तु उत्पादन गर्ने उद्योगी व्यावसायहरु, स्थानीय मौलक उत्पादनहरु प्रदर्शनीमा राखिने छन् ।

मेलाको आकर्षकको रूपमा जुजु द्या, ताइचिन चिउरा, भादगाउँले टोपी, माटाका भाँडाकुँडाका उत्पादन, कृषि उत्पादन, प्रविधि, हस्तकला तथा काष्ठकलाका उत्पादनहरू, पर्यटन उद्योगका उत्पादनहरू मौलिक नेवारी खाजा, समेबजी, योमरी, चटामरी, बारासहितको फुट फेस्टिबल मौलिक एवं परम्परागत सांस्कृतिक प्रस्तुती, स्थानीय गायक, गायिकाहरूको गायन पनि रहने छन् ।
नगरपालिकाका उपप्रमुख सरिता भट्टराई तिमल्सिनाले मेलाले स्थानीय उत्पादनलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउनका लागि महत्वपूर्ण भूमिका निर्वाह हुने अपेक्षा गरिएको बताइन् ।

नगरपालिकाका प्रवक्ता रविन्द्र सापकोटाले मेलामा ९० वटा स्टलहरु रहने जानकारी दिँदै तीन दिनसम्म सञ्चालन हुने मेलामा दस हजारभन्दा बढी सहभागीले मेलाको अवलोकन गर्ने अपेक्षा गरिएको बताए ।
उनका अनुसार मेलामा कृषि र पर्यटन क्षेत्रमार्फत सूर्यविनायक नगरपालिकाको समग्र आर्थिक विकासमा खेल्न सकिने भूमिकाका बारेमा छलफल विचार, विमर्श र सरोकारवालासँग अन्तक्र्रिया गरिनेछ । मेलाबाट नगर क्षेत्रको आर्थिक, सामाजिक तथा साँस्कृतिक विकासमा टेवा पुग्ने विश्वास लिइएको छ । मेलामा स्टल र अवलोकन निःशुल्क गरिएको छ ।

मेलाबाट स्थानीय उद्योगी तथा व्यावसायीहररूको बजार उपभोक्तासम्मको सञ्जाल विस्तार हुने विश्वास लिएका सापकोटाले बताए । मेलाबाट स्थानीय मौलिक उत्पादन तथा वस्तु उद्योग सूर्यविनायक नगरपालिका क्षेत्रको उत्पादन स्थानीय, प्रादेशिक तथा राष्ट्रिय हुँदै अन्तर्राट्रिय स्तरसम्म पुहँच अभिवृद्धि भई पर्यटन उद्योगलाई जोड्ने अपेक्षा नगरपालिकाले गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर