जर्मनीका फरवार्ड हाभर्ट्ज आर्सनलमा

काठमाडौं । प्रिमियर लिग क्लब आर्सनलले जर्मनीका फरवार्ड काइ हाभर्ट्जलाई अनुबन्ध गरेको छ ।

आर्सनलले हाभर्ट्जलाई अर्को प्रिमियर लिग क्लब चेल्सीबाट अनुबन्ध गरेको हो ।

आर्सनलले हाभर्ट्जलाई ६५ मिलियन पाउन्डमा अनुबन्ध गरेको हो ।

हाभर्ट्जले आर्सनलसँग पाँच वर्षको सम्झौता गरेका छन् ।

२४ वर्षीय हाभर्ट्ज २०२० मा जर्मन क्लब बायर लिभरकुसेनबाट चेल्सी आएका थिए ।

चेल्सीका लागि उनले गत सिजन ४७ खेलमा ९ गोल गरेका थिए ।

हाभर्ट्जले २०२१ को च्याम्पियन्स लिग फाइनलमा म्यानचेस्टर सिटीविरुद्ध विजयी गोल गरेका थिए ।

जर्मनीका लागि उनले ३७ खेलमा १३ गोल गरिसकेका छन् । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर