म्याडिसन टोटेनहममा अनुबन्धित

काठमाडौं । इंग्लिस प्रिमियर लिग क्लब टोटेनहमले इंग्ल्यान्डका मिडफिल्डर जेम्स म्याडिसनलाई अनुबन्ध गरेको छ ।

टोटेनहमले म्याडिसनलाई लेस्टर सिटीबाट ४० मिलियन पाउन्डमा अनुबन्ध गरेको हो ।

म्याडिसनले टोटेनहमसँग पाँच वर्षको सम्झौता गरेका छन् ।

२६ वर्षीय म्याडिसन २०१८ मा नर्विचबाट लेस्टर आएका थिए ।

गत सिजन लेस्टर रेलिगेसनमा परेपछि म्याडिसनले क्लब छाडेका हुन् ।

लेस्टर रेलिगेसनमा परेको सिजन उनले १० प्रिमियर लिग गोल गरेका थिए ।

म्याडिसनले लेस्टरका लागि २०३ खेल खेलेका थिए ।

उनले लेस्टरका लागि एफए कप जितेका थिए ।

इंग्ल्यान्डका लागि उनले ३ खेल खेलेका छन् । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर