ब्राजिलियन फरवार्ड मार्टाले छैटौं पटक फिफा महिला विश्वकप खेल्ने

काठमाडौं । ब्राजिलियन फरवार्ड मार्टाले छैटौं पटक फिफा महिला विश्वकप खेल्ने भएकी छिन् ।

ब्राजिलले विश्वकप खेल्ने घोषणा टोलीमा मार्टा अटाएकी छिन् ।

अष्ट्रेलिया र न्युजिल्याण्डमा संयुक्त आयोजना विश्वकप जुलाई २० मा सुरु हुँदैछ ।

३७ वर्षिया मार्टा ६ पटकको फिफा वर्ल्ड प्लेयर अफ दि इयर अवार्ड विजेता खेलाडी हुन् ।

उनी १७ गोल गर्दै फिफा विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडी हुन् ।

तर, ब्राजिलले हालसम्म विश्वकप जित्न सकेको छैन ।

ब्राजिल आगामी विश्वकपमा फ्रान्स, जमैका र पानामा रहेको समूह ुएफु मा रहेको छ । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर