साहित्यकार दुर्गादेवी नेपालको निधन

काठमाडौं । साहित्यकार दुर्गादेवी नेपालको ८६ वर्षको उमेरमा निधन भएको छ । नई प्रकाशनकी संरक्षक समेत रहेकी साहित्यकार नेपालको मङ्गलबार साँझ निधन भएको नई प्रकाशनले जनाएको छ । नेपालको मङ्गलबार साँझै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

साहित्यकार नेपालको आत्मकथा ‘बगेको खोला’, र कवितासंग्रह ‘उनैको माया’ प्रकाशित छन् । नई प्रकाशनले २०६६ सालमा दुर्गादेवी नेपाल र उनकी पति गणेशप्रसाद शर्माको नाममा पुरस्कार स्थापना गरेको थियो । एक लाख रुपैयाँ राशीको ‘नइ गणेशदुर्गा अन्तर्राष्ट्रिय पुरस्कार’ नेपाल बाहिरका नेपाली भाषा साहित्यका स्रष्टालाई हरेक वर्ष प्रदान गर्दै आएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर