राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट डिस्चार्ज, स्वास्थ्य अवस्था सामान्य

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल बुधबार अस्पतालबाट डिस्चार्ज भई निवास फर्केका छन् । त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थानअन्तर्गत मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत पौडेल असार २ गते भर्ना भएका थिए ।
अस्पतालका प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार राष्ट्रपति पौडेल विभिन्न परीक्षण, चिकित्सकहरूको निगरानी तथा उपचारपछि उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

स्वास्थ्य उपचारका लागि गठित विशेषज्ञ समूहमा संलग्न चिकित्सकहरू, परामर्श समूहमा संलग्न विभिन्न अस्पतालका चिकित्सकहरू, स्वास्थ्यकर्मी, कर्मचारी तथा सुरक्षाकर्मीका साथै विभिन्न माध्यमबाट स्वास्थ्यप्रति चासो एवम् चिन्ता व्यक्त गर्ने स्वदेश तथा विदेशमा रहेका सम्पूर्णलाई महमनुभावहरूलाई राष्ट्रपति पौडेलले धन्यवाद ज्ञापन दिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर