जिल्ला निर्वाचन कार्यालय यथावत् रहने

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले लोकतान्त्रिक मूल्य मान्यता, आवधिक तथा स्वच्छ निर्वाचन भयरहित तवरले सम्पन्न हुनुपर्छ भन्नेमा सरकार स्पष्ट रहेको बताएका छन् ।

प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा विपक्षी दलहहरूमा जिल्ला प्रशासन कार्यालयमा निर्वाचन कार्यालय हुँदा सरकारको प्रभाव पर्ने हो कि भन्ने भ्रम पर्न गएकोमा स्पष्ट पार्दै अर्थमन्त्री डा. महतले भने, “लोकतन्त्र, गणतन्त्र र विधिको शासनका पक्षमा लडेका हामीले निर्वाचनको निष्पक्षताका विरुद्ध उभिन्छौँ भनेर हामी कल्पना पनि गर्न सक्दैनौँ । निर्वाचन कार्यालयहरु जिल्ला जिल्लामा छन् । ती कार्यालयहरु त्यसरी नै चल्नेछन् । यसमा कुनै आशङ्का नराख्न म अनुरोध गर्दछु ।”

यसअघि नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूलेले निर्वाचन कार्यालयका सम्बन्धमा स्पष्ट व्यवस्था नभएको जनाउँदै सदनको कारवाहीमा अवरोध उत्पन्न गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर