मोटरसाइकलको ठक्करबाट वीरेन्द्रनगरकी एक महिलाको मृत्यु

सुर्खेत । मोटरसाइकलको ठक्करबाट वीरेन्द्रनगरकी एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरेन्द्रनगर नगरपालिका–७ कि ५० बर्षीय टिका सुनार रहेकी छन् ।

वीरेन्द्रनगरस्थित घण्टाघर चोकमा कर्णाली प्रदेश ०२ ००१ प ४७६१ नम्बरको मोटरसाइलले उनलाई ठक्कर दिएको थियो । गम्भीर घाइते भएकी उनको उपचारको क्रममा कर्णाली प्रदेश अस्पताल कालागाउँमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।

चालक महावु गाउँपालिका–६ का ३३ वर्षीय तेजबहादुर शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर