म्याद थप्न ललितानिवास जग्गा हिनामिनाका अभियुक्तहरू सरकारी वकिलको कार्यालयमा

काठमाडौं । ललितानिवास जग्गा प्रकरणमा पक्राउ परेकालाई म्याद थपका लागि जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौं लगिएको छ।

नेपाल प्रहरीले ललितानिवास जग्गा प्रकरणमा पक्राउ परेकालाई बुधबार म्याद थपका लागि जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौं लगेको हो। व्यवसायी मीनबहादुर गुरुङ, पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाहलगायतलाई प्रहरीले हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थपका लागि जिल्ला सरकारी वकिल कार्यालयमा पुर्‍याएको हो।

ललितानिवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गर्दा सरकारी कागजात किर्ते गरेको आरोपमा सिआइबीले अनुसन्धान गरिरहेको छ। सरकारी लिखित किर्तेको विषय भएकाले कानुनी प्रक्रिया अरु मुद्दा सरह नै चल्ने सरकारी वकिल कार्यालय, काठमाडौंका सहन्यायाधिवक्ता अच्युतमणि न्यौपानेले बताए । उनले अनुसन्धानको क्रममा कसुरदार देखिएमा हिरासतमा राख्ने बताए ।
उनले भने, ‘सरकारी सम्पत्ति किर्तेको विषयमा अनुसन्धानको कुरा हो। कानुनी प्रक्रिया अरू मुद्दा सरह नै हुन्छ। अनुसन्धानको क्रममा कसुरदार वा शंकित देखिएमा हिरासतमा राख्ने, वा हिरासत बाहिर राखेर अनुसन्धान गर्ने हुन्छ।’’

अनुसन्धानको सिलसिलामा भाटभटेनी डिपार्टमेन्टल स्टोरका सञ्चालक मीनबहादुर गुरुङ, पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह, मालपोत कार्यालयका तत्कालीन कर्मचारी गोपाल कार्की र धर्मप्रसाद गौतम सिआइबीको हिरासतमा छन्।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर