ललितानिवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीसँग सदनमै स्पष्टीकरण सोध्न सांसद प्रेम सुवालको माग

काठमाडौं । बालुवाटारको ललितानिवास जग्गा प्रकरणमा मुछिएका पूर्वप्रधानमन्त्रीसँग संसदमा नै स्पष्टीकरण सोध्न माग भएको छ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले बालुवाटारको सरकारी जग्गा हिनामिनाको अरोप लागेका पूर्वप्रधानमन्त्रीलाई संसदमै स्पष्टीकरण सोध्न माग गरेका हुन् ।

प्रतिनिधिसभा बुधवार बसेको बैठकको आकस्मिक समयमा सांसद सुवालले गिरोहले २०४९ सालदेखि २०६६ सालसम्म सरकारी जग्गा व्यक्तिको जग्गा बनाई बिक्रीवितरण गर्ने काममा पूर्वप्रधानमन्त्रीसमेतको सहभागिता भएको उल्लेख गरे ।

उनले बालुवाटारस्थित ललितानिवासको सरकारी जग्गा १४३ रोपनी ६ आना १३ अर्ब ७६ करोड रुपैयाँबराबरको हिनामिनामा केही पूर्वअधिकारीहरु पक्राउ परेको बताए । ललितानिवास जग्गा काण्डमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र डा. बाबुराम भट्टराई संलग्न भएको चर्चामा चलेको थियो । तर यसको आधिकारिक पुष्टि भएको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर