ललितानिवास जग्गा प्रकरण : माफियाले १४३ रोपनी जग्गा हड्पे

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी) ले बालुवाटारस्थित ललितानिवास जग्गा प्रकरणमा जग्गा माफियाहरूले १ सय ४३ रोपनी सरकारी जग्गा हड्पेको तथ्य सार्वजनिक गरेको छ ।

राजधानीमा बुधबार आयोजित एक पत्रकार सम्मेलनमा सिआइबीले विभिन्न व्यापारीहरुले योजना बनाएर पहिलो चरणमा १ सय १२ रोपनी र दोस्रो चरणमा ३१ रोपनी जग्गा व्यक्तिको नाममा नामसारी गरी सरकारी जग्गा हड्पेको जानकारी दिए ।

मंगलबार ललितानिवास जग्गा प्रकरणमा संलग्न निर्वाचन आयोगका पूर्वआयुक्त सुधीरकुमार शाह, भाटभटेनी सुपरमार्केट तथा विभिन्न उद्योगका सञ्चालक मीनबहादुर गुरुङ, सरकारी कर्मचारी गोपाल कार्की र धर्मप्रसाद गौतमलाई सिआइबीको विशेष अभियानअन्तर्गत पक्राउ परेका छन् । ललितानिवास प्रकरणमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले २९ रोपनी जग्गा हडपेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।

कलाधर देउजा, सुरेन्द्रमान कपाली र हुपेन्द्रमणि केसीलाई भने मंगलबार नै छाडेको छ । देउजा मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख र कपाली कर्मचारी हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर