युभेन्ट्सका मिडफिल्डर एड्रिन राबिओटले सम्झौता नवीकरण गरे

काठमाडौं । इटालियन क्लब युभेन्ट्सका मिडफिल्डर एड्रिन राबिओटले सम्झौता नवीकरण गरेका छन् ।

युभेन्ट्सले फ्रान्सेली मिडफिल्डरले क्लबसँगको सम्झौता नविकरण गरेको जनाएको छ ।

२८ वर्षीय मिडफिल्डरले क्लबसँगको सम्झौता एक वर्ष थप गरेका हुन् ।

उनी २०२४ को अन्तिमसम्म युभेन्ट्समा रहने छन् ।

एड्रिन २०१९ मा फ्रेन्च क्लब पीएसजीबाट युभेन्ट्स आएका थिए ।

युभेन्ट्सका लागि उनले १७७ खेल खेलिसकेका छन् । जसमा १७ गोल गरेका छन् ।

युभेन्ट्सका लागि उनले सिरी ए उपाधि जितेका छन् । यस्तै कोपा इटालिया र सुपर कोपा समेत जितेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर