रवि लामिछानेद्वारा मयलालको शव नेपाल ल्याउन पहल

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले वैदेशिक रोजगारीका सिलसिलामा मलेसियामा मृत्यु भएका जुम्लाका मयलाल परियारको शव नेपाल ल्याउन पहल गरिरहेको बताएका छन्।

जुम्लाको हिमा गाउँपालिकामा पर्ने देवर गाउँका परियारको शव झन्डै एक हप्तादेखि मलेसियामा अलपत्र छ। आफ्नो छातीको ट्याटुमा रवि लामिछानेको चित्र खोपाएका उनको शव मलेसियामा अलपत्र परेको भनी सामाजिक सञ्जालमार्फत शव नेपाल ल्याउन हारगुहार गरिएपछि प्रतिनिधिसभा सदस्यसमेत रहेका लामिछानेले यसका लागि पहल सुरु गरिसकेको जानकारी दिएका हुन्।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर