चलचित्र ‘बिहे पास’ को शीर्ष गीत सार्वजनिक

काठमाडौं । चलचित्र ‘बिहे पास’ को शीर्ष गीत सार्वजनिक भएको छ ।

नयाँ वर्षको अवसर पारेर बैशाख १ गतेबाट प्रदर्शन हुन लागेको यस चलचित्रको ‘मायाको बिहे पास’ शीर्ष गीत बुढा सुब्बा डिजिटल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

सार्वजनिक उक्त गीतमा गायक प्रताप दासको स्वर रहेको छ भने विष्णु भण्डारीको शब्द र सरोज पोखरेलको संगीत रहेको छ । प्रेमिल शैलीको यस गीतमा चलचित्रका मुख्य पात्र अभिनेता दयाहाङ राई र अभिनेत्री प्रकृति श्रेष्ठबीचको प्रेमलाई प्रस्तुत गरिएको छ ।

प्रवेश पौडेलद्वारा निर्देशित यस चलचित्रको प्रस्तुतकर्तामा रोहित कटेल र कार्यकारी निर्मातामा रत्न श्रेष्ठ रहेका छन् । चलचित्रलाई पनि उनीहरुले नै वितरण गर्दैछन् ।

चलचित्रमा दयाहाङ र प्रकृतिका साथै श्याम राई, विशाल पहाडी, बुद्धि तामाङ, सुवास गजुरेल, हिउँवाला गौतम, रुषा न्यौपाने, उमा बानियाँ, नविन शेरचन र प्रकाश भुजेलको पनि अभिनय रहेको छ ।

शिव ढकालले छायांकन गरेको चलचित्रलाई मित्रदेव गुरुङले सम्पादन गरेका हुन् भने रामजी लामिछानको कोरियोग्राफी रहेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर