कोभासिच सिटीमा अनुबन्धित

काठमाडौं । इंग्लिस प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीले मिडफिल्डर माटेओ कोभासिचलाई अनुबन्ध गरेको छ।

सिटीले क्रोएसियाका मिडफिल्डर कोभासिचलाई चेल्सीबाट अनुबन्ध गरेको हो ।

सिटीले कोभासिचलाई २५ मिलियन पाउण्डमा क्लबमा भित्र्याएको हो ।

२९ वर्षीय मिडफिल्डरले सिटीसँग चार वर्षको सम्झौता गरेका छन् ।

सिटीमा कोभासिचले ८ नम्बरको जर्सी लगाउने छन् ।

गत सिजन ट्रेबल उपाधि जितेको सिटीले यस समरमा पहिलो खेलाडीको रुपमा कोभासिचलाई अनुबन्ध गरेको हो ।

कोभासिच २०१८ मा रियल म्यड्रिडबाट चेल्सी आएका थिए ।

गत सिजन उनले चेल्सीका लागि ३७ खेल खेलेका थिए ।

कोभासिचले चेल्सीका लागि २०२१ मा च्याम्पियन्स लिग जितेका थिए  ।

कोभासिचले क्रोएसियाका लागि ९५ खेल खेलेका छन् । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर