ट्रकको ठकरबाट थापामगरको घटनास्थलमै मृत्यु

काठमाडौं ।गाईघाटमा ट्रकको ठकरबाट मोटरसाइकल चालक तारणी थापामगरको घटनास्थलमै मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार ट्रकको ठकरबाट मृत्यु हुनेमा मोटरसाइकल चालक त्रियुगा नगरपालिका–११ साउनेका ४३ वर्षीय थापामगर रहेका छन् ।

प्रदेश नं१–०५–००१प ६१५१ नंको मोटरसाइकलमा सवार मगरलाई गाईघाटबजारको मुख्य चोकबाट दक्षिणतिर जाँदै गर्दा पश्चिमबाट तीव्रगतिमा आइरहेको मे१ख २१८४ नंको ट्रकले ठकर दिएको थियो ।

ट्रक चालक राजवंशीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर