भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ

काठमाडौं । भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ परेका छन् । ललिता निवास प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले  (सिआईबी) मंगलबार गुरुङलाई उनको निवास नक्सालबाट पक्राउ गरेको हो ।

सिआइबीका एक प्रहरी अधिकारीका अनुसार  उनलाई बिहान निवासबाट पक्राउ गरिएको हो ।   उनलाई निवासबाट बिहानै पक्राउ गरिएको हो ।’

ललिता निवासको २ सय ९९ रोपनी ३ आना सरकारी जग्गा हिनामिना प्रकरणमा उनी आरोपित रहेका थिए । उनी नेपाल प्रहरीको फरारको सूचीमा रहेका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर