हुण्डी कारोबार गर्ने एक व्यक्ति पक्राउ

काठमाडौं ।  जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं १६ स्थित सडकखण्डबाट एक जना हुण्डी कारोबार गर्ने व्यक्ति पक्राउ परेका छन् ।  प्रहरी चौकी ईनर्वाबाट खटिएको चेकीङ टोलीले भारतको रक्सौलबाट वीरगञ्जतर्फ ना २८ प ९००८ नम्बरको मोटरसाईकल खानतलासी गर्दा अवैध रकम सहित सुनिलकुमार साह पक्राउ परेको प्रहरीले बताएको छ ।

जिल्ला बारा प्रसौनी गाउँपालिका वडा नं २ बस्ने वर्ष ३३ को सुनिल कुमार साहले लगाएको हेलमेटभित्र स्रोत नखुलेको १००० दरका नोट ८०० थान गरी नेपाली आठ लाख  फेला परेको प्रहरीले बताएको छ । साहलाई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बवरूद्धको कसूरमा असार ८ गते पर्सा जिल्ला अदालतबाट  पाँच म्याद थप अनुमति लिई थप अनुसन्धान तथा कारवाही भैरहेको समेत प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर