ट्रकले कारलाई ठक्कर दिँदा कारमा सवार दुई जनाको मृत्यु

काठमाडौं । झापामा ट्रकले कारलाई ठक्कर दिँदा कारमा सवार दुई जनाको मृत्यु भएको छ ।

शिवसताक्षी नगरपालिकामा पूर्वतर्फ गइरहेको मालबाहक ट्रकले विपरीत दिशाबाट आएको कारलाई ठक्कर दिँदा कारमा सवार बाबु छोरीको मृत्यु भएको हो ।

कारमा सवार मोरङ उर्लाबारीका ४० वर्षिय गुरूचरण चौधरी र १७ वर्षीया कुमकुम चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

ट्रकको ठक्करबाट गम्भीर घाइते भएका उनीहरुको बी एण्ड सी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

घटनामा पाँच जना घाइते भएको र उनीहरूको उपचार भइरहको पनि प्रहरीले जनाएको छ ।

घाइतेहरूको पहिचान खुल्न भने बाँकी रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर