क्रिस्टल प्यालेसका मुख्य प्रशिक्षक रोय हड्सन क्लबमै रहने

काठमाडौं । इंग्लिस प्रिमियर लिग क्लब क्रिस्टल प्यालेसका मुख्य प्रशिक्षक रोय हड्सन क्लबमै रहने भएका छन् ।

प्रशिक्षक रोय क्रिस्टलमा थप एक सिजन बस्न सहमत भएका छन् ।

इंग्ल्यान्डका पूर्व प्रशिक्षक गत मार्चमा क्रिस्टल आएका थिए ।

प्याट्रिक भिएराले क्लब छाडेपछि उनी सिजनको अन्तिमसम्मका लागि क्रिस्टल आएका थिए ।

७५ वर्षीय प्रशिक्षकले २०२१ मा क्रिस्टल छाडेका थिए । क्रिस्टल छाडेपछि उनी वाट्फोर्डको मुख्य प्रशिक्षक चुनिएका थिए।

तर, उनले पाँच महिनापछि वाट्फोर्ड छाडेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर