स्कटल्याण्डका पूर्व प्रशिक्षक क्रेग ब्राउनको निधन

काठमाडौं । स्कटल्याण्डका पूर्व प्रशिक्षक क्रेग ब्राउनको निधन भएको छ ।

प्रशिक्षक ब्राउनको ८२ वर्षको उमेरमा सोमबार निधन भएको हो ।

उनी स्कटल्याण्डको राष्ट्रिय टोलीलाई सबैभन्दा लामो समय प्रशिक्षण दिने प्रशिक्षक समेत हुन्  ।

ब्राउनले १९९३ देखि २००१ सम्म स्कटल्याण्डको टोली सम्हालेका थिए । ब्राउनको नेतृत्वमा स्कटल्याण्डले ७१ खेल खेलेको थियो ।

ब्राउनले १९९८ को विश्वकप र युरोकप ९६ मा स्कटल्याण्डको टोली सम्हालेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर