अर्बौं ठगी गरी फरार शिव शिखर सहकारीका सञ्चालक केदारनाथ शर्मा मुम्बईबाट पक्राउ

काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारीका सञ्चालक केदारनाथ शर्मा न्यौपाने पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान (सिआइबी) को टोलीले उनलाई पक्राउ गरेको हो। सिआइबीका अनुसार शर्मा भारतको मुम्बईमा लुकेर बसेका थिए। सिआइबीको टोलीले उनलाई मुम्बईबाट नै पक्राउ गरेको हो। त्यहाँ एक विधायकको घरमा लुकेर बसेको अवस्थामा भारतीय प्रहरीको सहयोगमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले सोमबार पक्राउ गरेर नेपाल ल्याएको हो ।

भक्तपुरको लोकन्थलीमा केन्द्रीय कार्यालय स्थापना गरी देशका विभिन्न शहरमा शाखा सञ्चालन गरेको सहकारीले बचकर्ताको १४ अर्ब रुपैयाँभन्दा बढी रकम ठगी गरेको उजुरी परेको छ। उपत्यकाका ३ वटै जिल्ला र उपत्यका बाहिर पनि प्रमुख शहरहरुमा शाखा विस्तार गरेको सहकारीका सञ्चालविरुद्ध सबै शाखाका बचतकर्ताले उजुरी गरेका छन्। उनीविरुद्ध भक्तपुर जिल्ला अदालतमा सिबीआइले जिल्ला सरकारी वकिलको कार्यालयमार्फत मुद्दासमेत दायर गरिसकेको छ ।

सिआइबीकी निर्देशक एआइजी किरण बज्राचार्यले शर्मालाई पक्राउ गरिएको पुष्टि गरिन् । उनलाई मंगलबार अदालतमा उपस्थित गराइने बज्राचार्यको भनाइ छ । न्यौपानेले भक्तपुरमा केन्द्रीय कार्यालय भई ३५ जिल्लामा शाखा कार्यालय रहेको शिव शिखर सहकारीको पूर्वअध्यक्ष हुन् । उनले सहकारीको पैसा नियमविपरीत आफ्ना निजी कम्पनीमा लगानी गरेका थिए । कम्पनीको व्यापार खस्किएपछि सहकारी समस्यामा पर्‍यो । जसकारण निक्षेपकर्ताहरूले आफ्नो पैसा फिर्ता पाएका छैनन् । हाल सहकारी बन्द छ । नेपालको सहकारी क्षेत्रमा यो अहिलेसम्मकै ठूलो ठगी हो । सो सहकारीबाट एक लाखभन्दा धेरै पीडित रहेको प्रहरी अधिकारी बताउँछन् । सहकारीमा समस्या आएपछि केही महिनायता उनी भारतमा बस्दै आएका थिए । बाँकेको कोलहपुर स्थायी घर भएका न्यौपानेले सहकारीबाट ठगेको रकम भारतको राजस्थानलगायत ठाउँमा लगानी गरेकोसमेत अनुसन्धानमा खुलेको छ ।

सिआइबीले सो सहकारीका सञ्चालकद्वय अमिस भण्डारी र पुष्कर मल्ललाई पक्राउ गरिसकेको छ । न्यौपानेकी श्रीमती गीता शर्मा पनि पक्राउ परेकोमा उनीहरू तीनैजना जेल चलान भइसकेका छन् । भक्तपुरमा प्रहरीले १० जनाविरुद्ध मुद्दा दायर गरेकोमा सातजना फरार थिए । जसमध्ये पूर्वअध्यक्ष न्यौपाने पक्राउ परेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर