‘टिनएजर्स’ माझ लोकप्रिय बन्दै सुशान्त केसीको ‘सारंगी’

काठमाडौं । गायक सुशान्त केसीको पछिल्लो गीत ‘सारंगी’ यतिबेला ‘टिनएजर्स’ माझ लोकप्रिय बन्दैछ ।उनकै रचना, संगीत र स्वर रहेको यस गीतको भिडियोमा उनी अभिनेत्री आना शर्मासँग प्रस्तुत छन् । केही समयदेखि रिलेसनसिपमा रहेको यो जोडीको ‘केमेष्ट्रि’लाई पनि दर्शकले रुचाएका छन् । उनीहरू भिडियोमा रोमान्टिक देखिएका छन् ।

यो गीत सार्वजनिक भएको २ दिन पनि भएको छैन । यो अवधिमा सोमवार दिउँसोसम्म गीतको भिडियोलाई युट्युबमा १३ लाख ३० हजार बढी पटक हेरिएको छ । भिडियो छोटो समयमै युट्युबमा संगीततर्फ ट्रेन्डिङको पहिलो नम्बरमा पुगेको छ ।

गौरव कुमार तामाङको निर्देशनमा उक्त गीतको भिडियो तयार भएको हो । विशेष गरी ‘टिनएजर्स’माझ लोभलाग्दो क्रेज भएका सुशान्तले आफ्नै अफिसियल युट्युब च्यानलमार्फत गीत सार्वजनिक गरेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर