पाँच वर्षसम्म सत्ता गठबन्धन केही पनि नहुने : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पाँच वर्षसम्म सत्ता गठबन्धन केही पनि नहुने बताएका छन्। धादिङको गजुरीमा आदर्श बहुमुखी क्याम्पसको भवनको सोमबार आयोजित उद्घाटन कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले गठबन्धनको आयुबारे मिडियामा हुने चर्चाको कुनै तुक नभएको बताए।

‘अहिले कता–कता यो सरकारको आयु कति भनेर मिडियामा हुने नहुने चर्चा चल्ने गरेको छ।’ प्रचण्डले भने, ‘पाँच वर्ष यो गठबन्धन केही हुनेवाला छैन, यही गठबन्धनको नेतृत्वमा देश विकासको युगतर्फ जानेछ।’

भारत भ्रमणका क्रममा प्रधानमन्त्रीको हैसियतले आफूले राम्रो गरेको भए पनि राम्रो गरेको देखी नसहने नकारात्मक प्रवृत्ति भएकाहरूले विरोध गरेको प्रधानमन्त्रीको भनाइ थियो। आफूले देश र जनताको पक्षमा राम्रो गर्दै जाने बताउँदै उनले जनताका पक्षमा गरेका कामको जनताले नै फैसला गर्ने विश्वास समेत व्यक्त गरे।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर