प्रधानन्यायाधीशको मातहत नबस्ने भन्दै जिल्ला न्यायाधीश भट्टराईले दिए राजीनामा

काठमाडौं । काठमाडौं जिल्ला अदालतका न्यायाधीश डा. श्रीकृष्ण भट्टराईले आफ्नो पदबाट राजीनामा दिएका छन् । आफैँले कानूनी र नैतिकरूपमा प्रश्न उठाएको व्यक्ति हरिकृष्ण कार्की प्रधानन्यायाधीश भएकाले उनको मातहतमा बस्न असहज हुने भन्दै भट्टराईले सोमबार राजीनामा दिएका हुन् ।
न्याय परिषद्ले राजनीतिक मानिसहरूलाई अपारदर्शी ढंगबाट भर्ती गरेपछि न्यायाधीशहरूको भविष्य नै अन्धकार भएको उनको धारणा रहेको छ । प्रधानन्यायाधीश कार्की प्रधानन्यायाधीश हुनुपूर्व नै संसदीय समितिमा आफूले उजुरी हाले पनि समितिले विवेक प्रयोग गर्न नसकेको उनले आरोप लगाए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर