नगरपालिका र वडा कार्यालयमा हेल्प डेक्स राखिने

काठमाडाैं । नागार्जुन नगरपालिकाले आगामी अािर्थक वर्ष २०८०÷८१ देखि नगरपालिकाको कार्यालय र वडा कार्यालयहरुमा हेल्पडेक्स राखी सेवाग्राहीलाई एकीकृत सेवा प्रवाहको व्यवस्था गर्ने भएको छ । सेवा प्रवाहलाई सेवाग्राही मैत्री बनाउने उद्देश्यले हेल्प डेक्स राखी सेवा प्रवाहलाई प्रभावकारी बनाउन लागेको हो । नगरपालिको सातौ नगर सभाले उक्त नीति पारित गरेको हो ।

नगरपालिकाले अहिले नगर कार्यपालिका र दशवटै वडा कार्यालयबाटै सेवा प्रदान गर्दै आएको छ । नगरपालिकाको सेवा प्रवाहलाई थप व्यवस्थित र प्रभावकारी बनाउनका लागि हेल्प डेक्स राख्ने व्यवस्था गर्न लागिएको नगरपालिकाका प्रमुख मोहनबहादुर बस्नेतले जानकारी दिए ।

उक्त नगरसभामा गौरवमय इतिहास बोकेको नेपाली सेनाका प्रधान सेनापती प्रभुराम शर्मालाई नार्गाजुन नगरपालिकले अभिनन्दन गरेको छ । त्यस्तै नगरसभामा नगरपालिकाले नगरपालिकाका बरिष्ठ लेखा अधिकृत आनन्दकुमार खड्कालाई ७४ प्रतिशत भन्दा बढि बेरुजु फछ्र्याैट गर्न योगदान गरेबापत सम्मान गरिएको थियो । नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०÷८१ का लागि दुई अर्ब पन्ध्र करोड रुपैँयाको बजेट सार्वजनिक गरेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर