त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलपरिसरमा सुधारको प्रयास

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा यात्रुको सुविधाका लागि विभिन्न सुधार गरिएको बताइएको छ । विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले पछिल्लो तीनमहिने कार्यप्रगतिको विवरण सार्वजनिक गर्दै विमानस्थलमा यात्रुमैत्री सेवा व्यवस्थित गरिँदै लगेको बताएका हुन् ।

तिवारीका अनुसार महिलाले प्रयोग गर्ने शौचालयमा अटोमाइज्ड टेलर मेसिन (एटिएम( बाट सेनेटरी प्याड लिन सक्ने व्यवस्था सुरु गरिएको छ । विमानस्थलभित्र वृद्ध, गर्भवती, अशक्त र बच्चाका लागि चेकइनमा प्राथमिकता दिने व्यवस्थासहित बस्नका लागि छुट्टै कुर्सी र ¥याम्प बसमा समेत उनीहरूका लागि छुट्टै सिटको व्यवस्था गरिएको छ । “यात्रुको सहज आवागमनका लागि विमानस्थलको टर्मिनल भवन बाहिर, अध्यागमन र प्रस्थान क्षेत्रमा हेल्प डेक्सको व्यवस्था गरिएको छ,” उनले भने, “नेपाल एअरलाइन्सको ब्यागेज  गुनासो सम्बोधन गर्न अनुगमन बढाउनेदेखि गोप्रो क्यामराको प्रयोग गरिएको छ भने भन्सारका कर्मचारीहरूलाई पहिरनका लागि दिइएको पकेट नभएको ड्रेसले पनि धेरै सुधार देखिएको छ ।”

विमानस्थलमा चरा तथा वन्यजन्तुबाट हुने खतरा पहिचान गरी सुधार गर्दै पछिल्लो समय विमानस्थलमा बाँदर र कुकुर छिर्ने व्रmममा समेत कमी आएको दाबी गरे । विमानस्थलमा हुने अवाञ्छित गतिविधिलाई नियन्त्रण गर्न थप सिसिटिभी क्यामरा जडान गरिएको, विमानस्थलको सुरक्षा अडिटमार्फत विगतमा औँल्याइएका कमजोरीमा सुधार आएको उनको भनाइ छ ।

आन्तरिक टर्मिनलमा आएका हवाई यात्रुलाई विमानस्थल गेटअगाडिको रिङरोडसम्म र अन्तर्राष्ट्रिय आगमनबाट आएर आन्तरिक टर्मिनल जाने यात्रुलाई लक्षित गरी निःशुल्क विद्युतीय सटल बसको व्यवस्था गरिएको जानकारी पनि उनले दिए । आन्तरिक टर्मिनलमा १० जनासम्म अट्ने लिफ्ट निर्माण तथा विमानस्थल सौन्दर्यको काम जारी रहेको उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर