सहिद स्मारक ए  डिभिजन लिग फुटबल अन्तर्गत आज तीन खेल

काठमाडौं । सहिद स्मारक ए  डिभिजन लिग फुटबल अन्तर्गत आज आइतबार तीन खेलहरु हुँदैछन् ।

लिगको सातौं चरण अन्तर्गत आइतबार दशरथ रंगशालामा दुई र एक खेल एन्फा कम्प्लेक्समा हुनेछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा संकटा क्लब र मछिन्द्र फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । संकटा र मछिन्द्रबीचको खेल दिउँसो २ बजे सुरु हुनेछ ।

संकटा आज तेस्रो जितको योजनामा हुनेछ । संकटा ६ खेलमा ९ अंक जोडेर सातौं स्थानमा रहेको छ ।

साविक विजेता मछिन्द्र दोस्रो जितको खोजीमा हुनेछ । मछिन्द्र ६ अंक जोडेर ११ औं स्थानमा रहेको छ ।

रंगशालामा हुने दोस्रो खेलमा रोयल ब्लु सातदोबाटो युथ क्लब र त्रिभुवन आर्मी क्लबबीच खेल हुनेछ । सातदोबाटो र आर्मीबीचको खेल साँझ ५:४५ बजे सुरु हुनेछ ।

सातदोबाटो पाँचौं जितको योजनामा रहेको छ । सातदोबाटो १२ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।

आर्मी तेस्रो जितको योजनामा छ । आर्मी ८ अंक जोडेर आठौं स्थानमा रहेको छ ।

त्यस्तै सातदोबाटो एन्फा कम्प्लेक्समा हुने खेलमा हिमालयन शेर्पा र न्युरोड टिम एनआरटी भिड्ने छन् । दुई टोलीबीचको खेल दिउँसो २ बजे सुरु हुनेछ ।

हिमालयन आज दोस्रो जित निकाल्न चाहन्छ । हिमालयन ६ अंक जोडेर दशौँ स्थानमा रहेको छ ।

एनआरटी पहिलो जितको योजनामा रहेको छ । एनआरटी ३ अंक जोडेर १३ औं स्थानमा रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर