साफ च्याम्पियनसिप फुटबलमा लेबनानको लगातार दोस्रो जित

काठमाडौं । आमन्त्रित टोली लेबनानले भारतमा जारी साफ च्याम्पियनसिप फुटबलमा लगातार दोस्रो जित निकालेको छ ।

बैंगलोरस्थित श्री कांतिराव स्टेडियममा आइतबार भुटानलाई ४-१ गोल अन्तरले हराउँदै लेबनानले लगातार दोस्रो जित निकालेको हो ।

लेबनानको जितमा मोहमद सादेक, अलि हज, खालिल बढेर र महदी जेनले एक एक गोल गरे ।

भुटानका चेन्चो ग्याल्सेनले एक गोल फर्काए ।

जितसँगै लेबनानले २ खेलमा ६ अंक जोडेको छ ।

समूह ‘बी’ मा रहेको लेबनान शीर्ष स्थानमा रहेको छ ।

भुटानको यो लगातार दोस्रो हार हो ।

भुटान अंक विहीन रहदै पुछारमा रहेको छ ।

यस संस्करणको साफमा ८ राष्ट्रको सहभागिता रहेको छ।

यस संस्करणको च्याम्पियनसिपमा नेपालसहित आयोजक भारत, बंगलादेश, कुवेत, लेबनान, भुटान, पाकिस्तान, माल्दिभ्सले सहभागिता जनाउने छन् ।

यस संस्करणमा कुवेत र लेबनानले आमन्त्रित टोलीको रुपमा रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर