खोलाले बगाउँदा बाबुछोरीको ज्यान गयो

काठमाडौं । गुल्मीमा खोलाले बगाउँदा दुई जनाको ज्यान गएको छ । जिल्लाको मालिका गाउँपालिका –२ च्यानडाँडा निवासी ४१ वर्षीय लिलबहादुर घर्ती र उनकी ८ वर्षीया छोरी बिन्दु घर्तीको गए राति खहरे खोलाले बगाउँदा ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक नवीनकिशोर प्रधानका अनुसार ससुराली झर्केनीटोल जानेक्रममा बाबुछोरीलाई चिप्लेपहराको खोल्सामा आएको बाढीले बगाएको थियो । बाबु लिलबहादुर ८० मिटर तल खोल्सामा आइतबार बिहान १० बजे मृतअवस्थामा फेला परेका थिए । छोरी बिन्दु दिउँसो साढे ३ बजे १५० मिटर दक्षिणपट्टी रहेको दर्लिङ स्वास्थ्य चौकी नजिकै माथिबाट आएको भल डोजरले हटाउने क्रममा मृत अवस्थामा फेला परेकी थिइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर